कल्पना 'भाबुक'
प्रिय तिम्रो चिठ्ठी पढ्दा मुटु धड्किदैछ
नाता टुटी आँसु बग्यो मन चर्किदैछ !
तिम्रो खुशी खोजि हिड्दा समुन्द्र नै तरें
परिवारको सम्झनामा पटक पटक मरें
चन्द्रमामा ग्रहण लाग्नु दोष मेरो देख्यौ
ढुङ्गाको मन रैछ अनि कठोर हुँदै लेख्यौ !
सबै कुरा तिम्ले मात्रै भने जस्तो हुन्न
बिदेसीको गुलाम् हुँदा कस्को मन रुन्न
सबै पराइ सम्झी भन्थेँ तिमी मेरो रैछौ
भ्रम रैछ यी आँखाको अर्कैको पो भैछौ !
प्रिय तिम्रो चिठ्ठी पढ्दा मुटु धड्किदैछ
नाता टुटी आँसु बग्यो मन चर्किदैछ !
एकै थुँगा चुम्न खोज्ने,हजारौको ताती थियो
बेमौषममा फूल माग्यौ,एकै थुँगा बाँकी थियो
दोमन भयो कस्लाई दिउँ,चढाइ दिएँ देउतालाई
फूल संगै सुम्पे जीवन, देउता संम्झी एउटालाई
चढाएको फूल माथी, अविरले राज गर्यो
सिउँरी दिन कति खोजेँ, फूल आँफै पर सर्यो
बिर्सौ अब फूलको कथा,गार्हो हुन्छ जिउनलाई
जहर बरु स्वीकारौला, आँसु होइन पिउनलाई
मन्दिरमा फूलको पनि, हेर्दा हेर्दै रङ्ग फाट्यो
अर्को फूल फुलाउ भने खडेरीमा मुलले ढाट्यो
लुगा फाटे ठीकै हुन्थ्यो, मन फाट्यो सिउनलाई
बिर्सौ अब फूलको कथा गार्हो हुन्छ जिउनलाई
एकै थुँगा चुम्न खोज्ने,हजारौको ताती थियो
बेमौषममा फूल माग्यौ,एकै थुँगा बाँकी थियो
बुद्धि मोक्तान
स्याङ्जाली रमेश
टाढा पुगि त्यो आँशुले फेरि पत्र लेख्यौँ आज
बिछोडको यो घाँउमा झनै चोट थप्यौँ आज
-
जंङ्गारमा मलाई छाडि तिमी पारी पुगेकै थ्यौँ
सागर तरी फर्किएर हेर्नुहुन्न बुझेकै थ्यौँ
जानि जानि अन्जानी भै पार्नलाई दोधारमा
जिन्दगीको किनारमा फेरि पनि टेक्यौँ आज
टाढा पुगि त्यो आँशुले फेरि प.......
बिछोडको यो घाँउ..........
तिम्रो खुशी आफ्नो ठानी मैले चित्त बुझाएथेँ
यस्तै रैछ जीवन् भनि बिछोड्नै रुचाएथेँ
संगै भयौ न त तिमी न त छोड्यौ तड्पाउन
न त मिलन् बिछोडको बाटो पनि छेक्यौँ आज
टाढा पुगि त्यो आँशुले फे...................
बिछोडको यो घाँउ............
©
मरुभुमिको छातीबाट
सुनिल सङ्गम
केही क्षण सँगै हिंडी दोबाटोमै छुट्यो माया
हेर्दाहेर्दै पानीको त्यो फोका जस्तै फुट्यो माया
बिझे पछी थाहा भयो फूल होइन काँडा रै'छ
कहाँ आफ्नो हुन्थ्यो माया जून भन्दा टाढा रै'छ
छल्नु सम्म छली-छली नियतिले लुट्यो माया
हेर्दाहेर्दै पानीको त्यो फोका जस्तै फुट्यो माया
पोले पछी थाहा भयो हिउँ होइन आगो रै'छ
कहाँ दरो हुन्थ्यो माया च्वाट्टै चुड्ने धागो रै'छ
तन्नेरीको सप्ना जस्तो स्वाद बनि टुट्यो माया
हेर्दाहेर्दै पानीको त्यो फोका जस्तै फुट्यो माया
केही क्षण सँगै हिंडी दोबाटोमै छुट्यो माया
हेर्दाहेर्दै पानीको त्यो फोका जस्तै फुट्यो माया
गोविन्द भावुक
पर्देश छोडी फर्कनु प्यारा कति दिन रुने हो
रोएरै आँशु सकियो सबै पिर के ले धुने हो.....!
,
संझना आई चिरिन्छ छाती गाउँ घर सुन्य भो
घोटिए सधैं हातका नंग्रा अर्कैलाई पुण्य भो
छुटेर साथ बिरानो भइयो कैले भेट हुने हो
रोएरै आँशु सकियो सबै पिर के ले धुने हो.....!
,
जे थियो हाम्रो भाविको लेखा मिलेरै भोगौंला
पसिना झारी यो जन्म भुमि खुसीले गोडौला
आसिर्बाद दिदै यो मेरो शिर कहिले छुने हो
रोएरै आँशु सकियो सबै पिर के ले धुने हो.....!
रचना ; ११-आश्विन २०६९
लक्ष्मण भन्तना "शिरिष"
यो मुटुको नासो तिमी, दुनियाँको बन्ला हाँसो
पराईको आँखा पर्दा, बद्नामिको लाग्ला पासो
चर्चा चल्दा पिरतीको,आँखा लाउने धेरै हुन्छन्
हाम्रो साथ छुटाउन,देबी देउता भाक्न सक्छन्
इर्ष्या गर्ने पापी मन,शंका गर्छन् हामि माथि
चोखो हाम्रो सम्बन्ध यो,नछुटे त हुन्थ्यो जाति
अजम्बरी प्रिती हाम्रो,नासिएला झुक्यौँ भने
बैरी हाँस्ने बाटो हुन्छ,विस्वासमा चुक्यौं भने
हाम्रो नाता अमर बनोस् जसले जसो भनेपनि
दुइ मुटुको धड्कन् एकै, संसार बैरी बनेपनि
अश्राङ-४,गोरखा
स्याङ्जाली रमेश
बिछोडमा मिलनको उही पल साँचिरहे
तिम्रै यादको पर्खाईले एले सम्म बाँचिरहे
-
टुक्रिएको यो मुटु नै चलाउदै छु एले सम्म
त्यही यादको सिरेटोले चलाउला खै कैले सम्म ?
जैले सम्म बाँचुला म साँच्छु माया तिम्रै तिम्रै
तिम्रै खुसि फुलाउन जसो तसो लागिरहे
-
बिछोडमा मिलनको उही पल साँचिरहे
तिम्रै यादको पर्खाईले एले--------------
-
लाख बिन्ति छाडी कतै अन्तै तिर नजानु है
यस्तै रैछ माया भनि हार कात्ति नखानु है
जति जति टाढा भएँ त्यति खड्क्यो अभाब त्यो
उदासिमा खुसि खोजि जिन्दगीमा हाँसिरहे
-
बिछोडमा मिलनको उही पल साँचिरहे
तिम्रै यादको पर्खाईले एले-------------
भरत तिमल्सिना
फुल्दा फुल्दै प्रित हाम्रो,भुईँमा झरी ओइली गयो ।
अमृत मानी पिएँ माया, विष बनी मनमै रह्यो ।
प्रेम अनि युद्धमा त, सबै कुरा जायेज भन्थे
देउता बस्छन् मन्दिरमा,माया बस्छ मनमा भन्थे
न बनाउन सकेँ मन्दिर,न माया दिलमै सजाउन
न त सकेँ तिम्रो मनमा,विश्वासको दियो बलाउन ।
फुल्दा फुल्दै प्रित हाम्रो,भुईँमा झरी ओइली गयो ।
अमृत मानी पिएँ माया, विष बनी मनमै रह्यो ।
बाँधै बाँधी राखे पनि, चर्की बाध फुटेयो माया
बन्धन रैछ दुई दिनको,चङ्गा सरी टुट्यो माया
जिन्दगी नी यस्तै रैछ ,सुःख दुःख साट्नै पर्ने
लाखौं चोट मनमा राखी,ओठ खाली हाँस्नै पर्ने ।
फुल्दा फुल्दै प्रित हाम्रो,भुईँमा झरी ओइली गयो ।
अमृत मानी पिएँ माया, विष बनी मनमै रह्यो ।
अस्मि जी एम
बदलियो कि जमाना खै बिग्रिएर होला मति दिल मागी बदलामा धोका पैंचो तिर्छन कतिपात माथि छल्किएको,कर्कलाको पानि जस्तै
कति बेला जोडी कैले छोड्छन साथ हुन्न पत्तै
कोहि बनि प्रिय यहाँ कोहि प्रिया या त पति
दिल मागी बदलामा धोका पैंचो तिर्छन कति
चोट लाग्दा दुख्ने मुटु दुनियाको यौटै ठानी
कैले जाला पिरतीमा छल कपट गर्ने बानी
स्वार्थि भयो मान्छे यात समयको हो यो गति
दिल मागी बदलामा धोका पैंचो तिर्छन कति
बदलियो कि जमाना खै बिग्रिएर होला मति
दिल मागी बदलामा धोका पैंचो तिर्छन कति!!

लक्ष्मण भन्तना " शिरिष"
काँडा बिझ्यो मन भित्र दुख्दै पो छौ कि तिमी
मन दुख्यो तन दुख्यो रुँदै पो छौ कि तिमी
खुशी हुँदा ओठ बिच हाँसो बनेर आयौ
चोट पर्दा दिल भित्र आँशु बनेर खस्यौ
कस्ले पुछ्नु आँशु यँहा भयौ टाढा तिमी
मन दुख्यो तन दुख्यो रुँदै पो छौ कि तिमी
काँडा बिझ्यो मन भित्र .................
आशा टुट्दा भरोषा छुट्दा रहर बनेर आयौ
जहर पिलाई आफन्त भागदा अमृत लिएर आयौ
कस्ले दिन्छ साथ मेरो गयौ पर तिमी
मन दुख्यो तन दुख्यो रुँदै पो छौ कि तिमी
काँडा बिझ्यो मन भित्र .................
अश्राङ-४, गोर्खा
हाल- अबुधाबी
हरी मानन्धर
यस्तै लाग्न थाल्यो अचेल, आफै कतै हराए झैँ
अन्धकार सून्यतामा पागल बनि कराए झैँ
जिन्दगीको गोरेटोमा साक्षी थिए चन्द्र तारा
विवशसँगै वितेपछि लाग्दो रैछ एक्लो सारा
हराउन पाए हुन्थ्यो, फेरि किन डराए झै
अन्धकार सून्यतामा पागल बनि कराए झैँ
आकाशनै बज्रे पनि जिवितै छ झिनो आश
नचाहेर पनि आफै चल्दो रैछ फेरि सास
बोझ भन्थे, धर्तीले नै लाग्यो मन पराए झैँ
अन्धकार सून्यतामा पागल बनि कराए झैँ
हरि मानन्धर "विवश"
क्याक्मी ९, स्याङ्ग्जा
हाल इजरायल
कुमार श्रेष्ठ
न त साथ दिन सक्छौ न त सँगै मर्न सक्छौ
भन प्रिए मेरो लागी आखीर के नै गर्न सक्छौ ?
आधा मुटु यता राखी आधा उता दिँदा पनि
नभएको कुरा गर्छौ मैले तिम्लाइ भुँले भनी
न त बाँच भन्न सक्छौ न त ज्यानै हर्न सक्छौ
भन प्रिए मेरो लागी आखीर के नै गर्न सक्छौ ?
हिमाल र तराइको बिच पहाड तिमी अरे
भेट हुन्थ्यो लेक चढे या त तिमी बेसी झरे
न त हिमाल चढ्न सक्छौ न त बेसी झर्न सक्छौ
भन प्रिए मेरो लागी आखीर के नै गर्न सक्छौ ?
न त साथ दिन सक्छौ न त सँगै मर्न सक्छौ
भन प्रिए मेरो लागी आखीर के नै गर्न सक्छौ ?

जीवन आखिर यात्रा रै'छ हिंडे पछी थाहा पाएँl
गन्तव्यमा पुगौं भनि हजार बाटो एक्लै धाएँl
भाग्यै खोटी हुँदा हारें कहीं ठेस लागि लढें
तर पनि हिम्मत गरि जंघार तर्दै अगी बढेंl
दु:खका ति पलहरुमा मनको गीत मैले गाएँ
गन्तव्यमा पुगौं भनि हजार बाटो एक्लै धाएँl
उजाड लाग्थ्यो जिन्दगी नै आशै टुटी गए पछी
थकित भै गली दिन्थ्यो यात्रा लामो भए पछीl
सपनाहरु जलि रहंदा शितल बर्षा भनि छाएँ
गन्तव्यमा पुगौं भनि हजार बाटो एक्लै धाएँl
जीवन आखिर यात्रा रै'छ हिंडे पछी थाहा पाएँl
गन्तव्यमा पुगौं भनि हजार बाटो एक्लै धाएँl
सुवास संगम राई
लोखिम - ३ सोलु
धोका दियो समयले आँशु दिने धेरै भए
ताली मार्दै देखावटी हाँसो दिने धेरै भए ।
पसिनाको मुल फुटाई कर्म पनि गरेकै छु
जती चोट लागे पनि घाउमा मलम भरेकै छु
साथ छोडी बिछोडको नासो दिने धेरै भए
देखावटी ताली मार्दै हाँसो दिने धेरै भए ।
दु:ख पछी सुख भन्थे मेरो भागमा परेन की
जीवन भरि बग्यो आसुँ अझै पीडा टरेन की
यो जूनी त यस्तै भयो चासो दिने धेरै भए
देखावटी तालि मार्दै हाँसो दिने धेरै भए ।।
धोका दियो समयले आँशु दिने धेरै भए
ताली मार्दै देखावटी हाँसो दिने धेरै भए ।
~~
बिमला अधिकारी
भरतपुर चितवन
रचना; पौष १-२०६८

यहाँ सम्म आई आज बाध्यताले छुट्नु पर्यो|
एकै ढिक्का भएर नि नचाहेरै फुट्नु पर्यो|
एक अर्कालाई पाउने लक्ष्य अधुरो नै रह्यो
संगै जिउने कसम आखिर अपुरो नै रह्यो|
दैव किन हाम्रो भाग्य तिमीले लुट्नु पर्यो
एकै ढिक्का भएर नि नचाहेरै फुट्नु पर्यो|
नभुलौं त हाम्ले यहाँ सिमा रेखा तोडेका छौं
भुल्न पनि खै कसरी साँचो मायाँ जोडेका छौं|
आफै गल्ति गरि आफ्नै दिल चुट्नु पर्यो
एकै ढिक्का भएर नि नचाहेरै फुट्नु पर्यो|
यहाँ सम्म आई आज बाध्यताले छुट्नु पर्यो|
एकै ढिक्का भएर नि नचाहेरै फुट्नु पर्यो|
सुवास संगम राई
लोखिम - ३ सोलु
बिना तामाङ'सुनगाभा'
ओई च्याङ्बा सुन सुन पिरतीले मार्यो
रनवन डुलीहिड्ने यो मैच्याङ्ले हार्यो
कति आए कति गए बसन्तका हुल
सकेनन् नि टिप्नलाई यो सुन्दर फूल
हुरि जस्तै तिमी आयौ विरुवा नै सार्यौ
रनवन डुली हिड्ने यो मैच्याङ्ले हार्यो
एक्लो मेरो जिन्दगानी,कर्कलाको पानी
नजिक आई भन्न थाल्यौ,एई मेरी सानी
मोहनीले हो कि क्या हो,आफ्नो बशमा पार्यौ
रनवन डुली हिड्ने यो मैच्याङ्ले हार्यो
ओई च्याङ्बा सुन सुन पिरतीले मार्यो
रनवन डुलीहिड्ने यो मैच्याङ्ले हार्यो
काठमाण्डौं
पूर्ण गोर्खाली मूस्कान
धुन बन्छु बाँसुरीको बिरहमा गाँउनु है त !
डाक्छु मैले बियोगमा प्रिय तिमी आउनु है त !!
.
ओईलि गए पुष्प गुच्छा तिम्रो न्यानो साथ खोज्दै !
अँगालोमा बाधिएर गर्ने मिठो बात खोज्दै !!
सुख दुःख जिन्दगीमा सदाबहार् छाउनु है त !
डाक्छु महिले बियोगमा प्रिय तिमी आउनू है त !!
.
कति जाँउ मठ मन्दिर् पुज्ने त्यहि देउता हो !
लाग्छ मेरो जिन्दगीमा तिमी नै त एउटा हो !!
जुनि काट्ने अजम्बरी नाता सँधै लाउनु है त!
डाक्छु महिले बियोगमा प्रिय तिमी आउनु है त !!
.
धुन बन्छु बाँसुरीको बिरहमा गाउनु है त!
डाक्छु महिले बियोगमा....................

- जिन्दगीका पर्खालहरु चर्किएर ढली रहेछ|
- लक्ष्यहरु नि:शेष भै आत्मा गली रहेछ|
- भुल रै'छ जिन्दगीमा हजार बाटो रोज्नु
- अर्को गल्ति बैगुनीलाई अपनाउन खोज्नु|
- चेतनाका विजहरु राँको भित्र जली रहेछ
- लक्ष्यहरु नि:शेष भै आत्मा गली रहेछ|
- भोगे पछी थाहा हुन्छ प्रशव व्यथाहरु
- निर्मोहिलाई लाग्दो रै'छ बनावटी कथाहरु|
- जिन्दगी यो किन आज कायर बनी रहेछ
- लक्ष्यहरु नि:शेष भै आत्मा गली रहेछ|
- जिन्दगीका पर्खालहरु चर्किएर ढली रहेछ|
- लक्ष्यहरु नि:शेष भै आत्मा गली रहेछ|
सुवास संगम राई
लोखिम,सोलु
डा.कृष्णहरी बराल
थिए शिरमाथि हजार दु:ख आफ्नै, कताबाट फेरि यो सुनामी आयो।
लियो ज्यान धेरै, पियो बस्ती सारा, बिना सूचना नै यो बेइमानी आयो।
कतै मर्नु पर्ने नपाएर पानी, कतै पानीमा नै डुबिमर्नु पर्ने।
कतै सास फेर्न पनि छैन हावा, कतै आँधीमा नै उडिमर्नु पर्ने।
नसोचेको कहिल्यै, नचाहेको कहिल्यै, किन फेरि यस्तो यो हरामी आयो।
लियो ज्यान धेरै, पियो बस्ती सारा...
हामी सन्तती हौँ यसै धरतीका, तर बेलाबेला किन घात गर्छ।
यहाँ हामीले भुल के नै गर्यौँ र, घरि आगो छर्छ, घरि पानी छर्छ।
नसहेर हो कि यो यात्रा उज्यालो, बिथोल्नै भनी यो प्रतिगामी आयो ।
लियो ज्यान धेरै, पियो बस्ती सारा...
गीत
आचार्य प्रभा
धेरै आँखा आशा बोकी मलाई हेरि दिन्छन्
उमेर ऐले कती भयो भन्दै केरि दिन्छन्
म मात्रै पो यो संसारको तस्बिर भएछु नी
अन्जानैमा सबको मनमा म नै गएछु नी ........./
धेरै मुटु सास थामी मलाई बास दिन्छन्
तरुणीको लाज ढाक्न मीठो आस दिन्छन् .........../
दुनियाँमा माया गाँस्ने धागो भएछु नी
हर दिल पग्लाईदिने आगो भएछु नी .......
शशी थापा सुब्बा
मनको भित्ता छामी हेरें,घाम छेक्ने कुहिरो भेटे ।
जूनको छाती ताकि हेरें,त्याहा पनि पहिरो देखे।।
रुखो हाँसो कती हाँसु ,खडेरीको बन जस्तो ।
कतै भार कतै भुवा ,बिधुवाको मन जस्तो ।।
आफ्नो मन नापी हेरें,नभेटिने गहिरो भेटे ।
जूनको छाती ताकि हेरें ,त्याहा पनि पहिरो देखे ।।
फूल काडाँ ॠतु रङ्ग ,जिन्दगीको सार हुन्न ।
चोट लाग्दा छाती भरी , पिरतीको हार हुन्न ।।
पाइला मेटी भागी हेरें ,बाटोछेक्ने धुइरो भेटे ।
जूनको छाती ताकि हेरें ,त्याहा पनि पहिरो देखे ।।

सपनाहरु टुटी दिंदा थकित भै गली रा'छु!
वेदनाको नशा चड्दा बेहोसी भै ढली रा'छु!
हजारौं ति लक्ष्यहरु सबै साकार हुन्न रै'छ
हारेको मान्छेलाई यहाँ कसैले नि छुन्न रै'छ!
असफल ईं चेहेरालाई खरानीले दली रा'छु!
वेदनाको नशा चड्दा बेहोसी भै ढली रा'छु!
अपुरो ति आशा बोकी कतिन्जेल जिउनु अब
वियोगको पिडा खपी कति आँशु पिउनु अब!
चाहनाको ज्वाला भित्र पत्कर सरि जली रा'छु
वेदनाको नशा चड्दा बेहोसी भै ढली रा'छु!
सपनाहरु टुटी दिंदा थकित भै गली रा'छु!
वेदनाको नशा चड्दा बेहोसी भै ढली रा'छु!
"सुवास संगम राई"
लोखिम,सोलु
रुबेन पुन मगर
जे जे भन्यौ तिम्ले मलाई मैले त्यही मानि रहे ।
जे जे गर्थ्यौ त्यही मैले तिम्रो खुशी ठानी रहे ।
तर अचेल सुन्छु म त तिम्ले दु:ख पायौ अरे ।
मैले भन्दा पनि ठुलो धोखा तिम्ले खायौ अरे ।
भोग्दै हौला अब आफै पिरतिको पीडा पनि ।
तिम्ले पनि चोटै पायौ सर्वस्व नै दिंदा पनि ।
भनेकै'थे सबै मान्छे उस्तै हुन्न जानी रहे ।
जे जे गर्थ्यौ त्यही मैले तिम्रो खुशी ठानी रहे ।
तर अचेल सुन्छु आँफै तिम्ले दु:ख पायौ अरे ।
मैले भन्दा पनि ठुलो धोखा तिम्ले खायौ अरे ।
तिम्लाई दुख्दा मैले खुशी मनाउन नि सक्दिन ।
बिबश छु म फेरी आफ्नो बनाउन नि सक्दिन ।
तर्की जान खोज्थ्यो यो मन तिमी तिरै तानी रहे ।
जे जे गर्थ्यौ त्यही मैले तिम्रो खुशी ठानी रहे ।
तर अचेल सुन्छु म त तिम्ले दु:ख पायौ अरे ।
मैले भन्दा पनि ठुलो धोखा तिम्ले खायौ अरे ।
दुनियाको भन्दा बेग्लै माया गर्छौ तिमी
जती हुन्छ मन्मा ब्यथा सबै हर्छौ तिमी
जिन्दगीलाइ डोहोर्याउने दिब्य ज्योती बनी
मन मुटु माझ बस्छौ मेरो हजुर भनी
मेरो दुखी जिन्दगीमा खुसी छर्छौ तिमी
जती हुन्छ मन्मा ब्यथा सबै हर्छौ तिमी
रुँदा झुक्ने काख दिन्छौ लड्दा थाम्ने हात
जिन्दगीमा कसले पाँउछ यती मिठो साथ
भगवान भन्दा पनि माथी पर्छौ तिमी
जती हुन्छ मन्मा ब्यथा सबै हर्छौ तिमी
दुनियाको भन्दा बेग्लै माया गर्छौ तिमी
जती हुन्छ मन्मा ब्यथा सबै हर्छौ तिमी
कुमार श्रेष्ठ “यात्री”
रामेछाप,कठजोर-६
हाल साउदी अरब रियाद
सपना धेरै साँचेकी थिएँ, तपश्वी बनेर
हरायौ कता ? खोज्दैछु सधैँ, कुहिरो बनेर
बिराए जस्तो मुहार तिम्रो, मलाई हेरेर
झस्किन्छु कैले अचानक राती, छेउमै देखेर
नदेऊ पीडा बैगुनी बनी, रहस्य खोल न
‘नपर्ख भनी’ भगवान साक्षी, राखेर बोल न
भूल्यौ कि तिमी मस्तीमा कतै, आऊ न फर्केर
भैहाले पनि पराई तिमी, नहिँड तर्केर
भन्दिए पुग्छ नआउने भए, डर मान्नु पर्दैन
अमर हुन्छ पिरती चोखो, धोकाले मर्दैन
***
@ भानेन्द्र सम्बाहाङफे लिम्ब ू‘जुझारु’
काठमाडौँ ।
साहित्य प्रेमी सम्पुर्ण मित्रहरुलाई साहित्यिक अभिवादन ! आज एउटा गीत लिएर यहाँहरुको सामु उपस्थित भएकोछु के कस्तो लाग्यो सुझाव सल्लाह र प्रतिक्रियाको लागि हार्दिक अनुरोध गर्दछु धन्यवाद !
मनको भित्री पीडा यो बुझ्ने मान्छे काँ पाउँने
जो पनि देख्छु मलम भनि खुर्सानी लाउँने
तड्पिंदै रात बिताएँ सँधै सिरानी भिजाइ
तिम्रो त्यी रुखो बोलीले मुटु चसक्कै बिझाइ
रुँदैछ मन मायाको गीत कसरी गाउँने
जो पनि देख्छु मलम भनि खुर्सानी लाउँने
बिहान साँझ पुरानो याद यसरी बल्झिन्छ
हाँसेर बाँच्ने चाहना मेरो आगोमा सल्किन्छ
खुशीको छानो जलेर गयो कसरी छाउँने
जो पनि देख्छु मलम भनि खुर्सानी लाउँने
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३, रामेछाप
हाल्:अबुधबी युएई

यस्तै भो चेली ! यो साल पनि म आउँन सकिन
निधारमा टीका गलामा माला सजाउँन सकिन
नबगाऊ चेली ! बलेको दीयो आँसुको भेलैमा
बाचा भो मेरो फर्केर आउँछु अर्को साल बेलैमा
आउँदिन भनि समयमै खबर पठाउँन सकिन
यस्तै भो चेली ! यो साल पनि म आउँन सकिन
निधारमा टीका गलामा माला सजाउँन सकिन
देउसीरे गाउँदै डुलेको पलको झल्झली याद आउँछ
नडुब्दै घाम क्षितिजबाट औंशीको रात छाउँछ
तगारो बन्यो जिन्दगी आफ्नै हटाउँन सकिन
यस्तै भो चेली ! यो साल पनि म आउँन सकिन
निधारमा टीका गलामा माला सजाउँन सकिन
हेमन्त परदेशी
हाल:दोहा, कतार